रुकुमपूर्व । भूमे गाउँपालिका–१ लुकुमस्थित सिद्धचौर माध्यमिक विद्यालयमा बन्न लागेको बहुप्राविधिक शिक्षालयको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।
जिल्लामा बन्न लागेको प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालयको डिपिआर तयार भएको हो । प्राविधिक शिक्षालयको डिपिआरसँगै माटो जाँचको काम पनि सम्पन्न भएको छ ।
प्रदेश सरकारले डिपिआरका लागि दश लाख बजेट छुट्याएको थियो । डिपिआरको काम सम्पन्न भएसँगै बोलपत्र आह्वान गरेर शिक्षालय निर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए । काम शुरु गर्नका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट छुट्याएको छ ।
शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई ध्यानमा राखेर लुकुममा उक्त शिक्षालय स्थापना गर्न लागिएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया