राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठसहित ५ उच्च अधिकारीमा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो (बिहीवार) डेपुटी गभर्नर शिवराज श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका चार जना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डेपुटी गभर्नर श्रेष्ठका सवारी चालकलाई समेत कोरोना देखिएको छ ।

उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु कन्ट्रयाक्ट ट्रेसीङमा परेका छन् ।

कोरोना संक्रमितहरुसँग भेटघाट भइरहेकाले संक्रमणको आशंकामा गभर्नर अधिकारी होम क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?