बेलायतमा दैनिक रुपमा महामारी शुरु भए यताकै धेरै संक्रमित

लण्डन । बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना संक्रमित भेटिन थालेका छन् ।यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै संक्रमित एक दिनमा भेटिन थालेका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार बिहीवार मात्र त्यस अघिको २४ घन्टामा यहाँ ६ हजार ६३४ जना नयाँ संक्रमित थपिएका छन् ।यो यहाँ संक्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ संक्रमितको जम्मा संख्या पनि ४ लाखभन्दा बढी पुगेको छ ।

यहाँको जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना संक्रमित पुगेका बिहीवार जानकारी गराएको समाचारमा जनाइएको छ । बिहीवार ४० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो समेत गरी बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।

बुधवार पनि यहाँ ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन यहाँ ३७ जनाको ज्यान गएको थियो । बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?