फोर्स मोटर्सले ल्यायो “दशैं आर्शिवाद” योजना : ९ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न सकिने !

काठमाडौं । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दशैं र तिहारको अवसरमा ग्राहक वर्गलाई ध्यानमा राखि दशैं आर्शिवाद भन्ने उपहार योजना सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत फोर्समोटर्सको १४ सिट क्षमता भएको ट्राक्सक्रुजर जीप खरिदमा “९ महिना सम्म किस्ता व्याज तिर्न नपर्ने”, ९ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने” अभवा “स्क्याच कुपन मार्फत २ लाख देखि १० लाख सम्म पक्का” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिने कम्पनीले जनाएको छ ।

यसै गरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा “८ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने”,५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्न ” अथवा “स्क्याच कुपन मार्फत १ देखि ५ लाख सम्म पक्का ” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।’ । यसै गरी Traveller (T2) 26 सिट क्षमता भएको मिनीबसको खरिदमा “७ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने” , “ १२ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने” अथवा “स्क्याच कुपन मार्फत २ देखि ६ लाख सम्म पक्का ” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

बिगत ७ बर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारीक आयत कर्ता/विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि मार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ । उक्त कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख कि.मि. को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जीप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडिहरुको आयात तथा विक्रि वितरण गर्दै आएको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुन्सरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको विर्तामोडमा, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु विक्रि वितरणमा ल्याइरहेको छ । यि शोरुममा विक्रि पछिका सेवाहरु (3S) सहितको सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?