काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र तीन पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना रहेका छन । मोरङमा ६० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै सप्तरीमा ७० वर्षिय पुरुष, ललितपुरमा ५१ वर्षिय पुरुष, काठमाडौंमा ७५ वर्षिया महिला र कपिलवस्तुमा ७० वर्षिया महिलाको मृत्यु भएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २६२ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनासहित देशभर ४५३ महिला र ८६० जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ४७१७ जना
प्रदेश २ मा १२८७३ जना
वाग्मती प्रदेश १३९१६ जना
गण्डकी प्रदेशमा ३०२० जना
प्रदेश ५ मा ८०७३ जना
कर्णाली प्रदेशमा २८१८जना
सुदूरपश्चिम प्रदेशमा ६४४५ जना
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार २८९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ५२ जना र संस्थागत आईसोलेसनमा ८ हजार २३७ जना छन् । तिमध्ये २२७ जना संक्रमितको आईसियु र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ४६४ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
हिजो (बिहीवार) नेपालमा १ हजार ४९७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४५७ जना संक्रमणमुक्त भएका थिए भने १७ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको विवरण हेर्नुहोस् : कुन जिल्लामा कति थपिए संक्रमित :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया