काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ७ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
संक्रमण मुक्त ७ जिल्लाहरु
- रसुवा
- सोलुखुम्बु
- मनाङ
- मुस्ताङ
- डोल्पा
- हुम्ला
- मुगु
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २६२ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार २८९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ५२ जना र संस्थागत आईसोलेसनमा ८ हजार २३७ जना छन् । तिमध्ये २२७ जना संक्रमितको आईसियु र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ४६४ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४५९ जनाको मृत्यु भएको छ ।
हिजो (बिहीवार) नेपालमा १ हजार ४९७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४५७ जना संक्रमणमुक्त भएका थिए भने १७ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया