महालक्ष्मी विकास बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले २०७७ आश्विन ०९ गते शुक्रबारदेखि सिरहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नँया शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखा बिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेका बैंकले जनाएको छ । ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन बैंक सदा प्रयासरत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?