हेर्नुहोस् २०७७ साल असोज १० गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल आश्विन १० गते । शनिवार । इ.स.२०२० सेप्टेम्बर २६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । अधिक आश्विन शुक्लपक्ष । तिथी–दशमी,२१ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराषाढा,२३ बजेर ०४ मिनेट उप्रान्त श्रवण ।

योग–अतिगण्ड,२४ बजेर १४ मिनेट उप्रान्त सुकर्मा । करण–तैतिल,१० बजेर ०३ मिनेट उप्रान्त गर,२१ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा, सूर्यास्त १७ बजेर ५३ मिनेटमा । दिनमान ३० घडी ५८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीतिज्ञको लागि समय मध्यम रहेको छ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाई लेखाईमा समय दिए पनि नतीजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अफ्ठ्यारा परिस्थिती सँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्ततः काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दी आएपनि दैनिकी प्रभावित हुनेछैन । तर पनि सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययनकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापारमा अलि बढी समय लगानी गर्दा आम्दानीमा वृद्धि भएर जानेछ । आफन्त तथा दिदि बहिनी तथा कुटुम्वको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारि व्यापार व्यवसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुस हुनेछ । विद्या तथा प्रतिस्पर्धामा अरु नै हाबी हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । बैंक तथा वित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्बन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारेवार गर्नेहरुले राम्रै आम्दानी गर्न सक्नेछन् । पढाई लेखाईमा राम्रो नतिजाका साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । आमा तथा अग्रजहरुको साथ सहयोगले राम्रा तथा उत्पादन मुलक कामहरु गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । लेखन तथा साहित्यमा बाँकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानीमा कमि हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । आँट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यवासय फस्टाएर जाने हुनाले दैनिक आम्दानीमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापारमा लागानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागि नयाँ अवसरहरु प्राप्त हुनेछन् । विद्यार्थिहरुका लागि आजको समय उत्तम रहेकोले नतीजा आफैँतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाई लेखाईमा ध्यान नदिँदा अरुभन्दा पछि परिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

ईमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?