ड्रग्स केसमा दीपिकाको नाम जोडिएपछि बोले रणवीर सिंह, गरे यस्तो अपील !

काठमाडौं । सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगल्समा अभिनेत्री दीपिका पादुकोणको नाम जोडिएपछि उनका श्रीमान रणवीर सिंहले मुख खोलेका छन् ।

बलिउड ड्रग्स एंगल्समा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत र दीया मिर्जा जस्ता बलिउड अभिनेत्रीको नाम जोडिएको छ ।

विषेश गरि दीपिकाको च्याट बाहिरिए पछि उनको बारेमा विभिन्न टिकाटिप्पणी भईरहेका छन् । दीपिकासँग २६ सेप्टेम्बरमा सोधपुछ गरिने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनका श्रीमान रणवीर कपूरले एनसीबीसँग दीपिकासँगको सोधपुछमा आफूसँगै रहने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

दीपिकालाई कहिलेकाँही एंग्जाइटी र प्यानिक अट्याक्स हुने गरेकोले सँगै बस्न दिन आग्रह गरेका हुन् । एनसीबीले भने यसबारेमा केहि निर्णय लिएको छेन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?