किम जोङ उनले मागे माफी

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले माफी मागेका छन् । उनले दक्षिण कोरियाका एक अधिकारी मारिएकोमा माफी मागेका हुन् । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले नेता किम जोङ उनले माफी मागेका जानकारी दिएको हो ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग उक्त घटना नहुनु पर्ने बताएका छन् । दक्षिण कोरियाका अनुसार ४७ वर्षका एक व्यक्ति कथित रुपमा उत्तर कोरियाबाट भाग्ने कोसिस गरिरहेका थिए । उनलाई उत्तर कोरियाका सैनिकले पानीमा यात्रा गरिरहेको थिए ।

दक्षिण कोरियाका अनुसार त्यसपछि उनलाई गोली हानिएको र उनको शव जलाइएको थियो ।

Unidentified fishing boats before the North Korean coastline from a viewpoint on the South Korea-controlled island of Yeonpyeong near the disputed waters of the Yellow Sea at dawn.

उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा भारी सुरक्षा कडा हुन्छ । त्यहाँ कोरोनाभाइरसका कारण बाहिरी देशबाट मानिसहरुको आवतजावत रोक्ने उद्देश्यले मानिसलाई देख्ने बित्तिकै गोली हानिदिने आदेश जारी गरिएको छ ।

  • बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?