काठमाडौैं । शसस्त्र प्रहरी बलको भवन शिलान्याशकाको लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दार्चुलाको छाङरु पुगेका छन्।
शुक्रवार गृहमन्त्री थापा छाङरुमा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्याशका लागि त्यसतर्फ प्रस्थान गरेका थिए।
जिल्ला सदरमुकाम खलंगाबाट मन्त्री थापा हेलिकोप्टर चढेर दिउँसो छाङरु पुगेको उनीनिकट स्रोतले जनाएको छ ।
त्यहाँ पहिलोपटक सरकारले छाङरुमा वैशाख अन्तिम साता बीओपी स्थापना गरेको थियो। इन्स्पेक्टरको कमाण्डमा २५ जना रहँदै आएकोमा अहिले छाङरुमा गुल्म स्थापना भएपछि डीएसपी धीरेन्द्र शाहको नेतृत्वमा टोली खटिएको छ। भने डीएसपीले कमाण्ड गर्ने गुल्ममा १६० जना प्रहरी रहनेछन्।
त्यसो त असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम खलंगामा रहेको गुल्मलाई छाङरुमा सार्ने निर्णय गरेको थियो।
उक्त टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायतका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया