काठमाडौं, २८ फागुन- सुरक्षा शक्तिको सूचकांकमा नेपालको उपस्थिति कमजोर देखिएको छ । ग्लोबल पावर इन्डेक्समा तेस्रो र चौथो स्थानमा रहेका चीन र भारतबीच रहेको नेपाल भने यो सूचीको ९७औं स्थानमा परेको छ ।विश्वभरका मुलुकको सैन्य शक्ति र सुरक्षा संयन्त्रको विश्लेषण गर्दै ग्लोबल फायर पावरले सार्वजनिक गरेको ‘ग्लोबल पावर इन्डेक्स’ मा नेपाल ९७औं स्थानमा परेको हो ।ग्लोबल फायर पावरले १३३ वटा देशको सैन्य क्षमतालाई विश्लेषण गर्दै ग्लोबल पावर इन्डेक्स (फायर पावर) २०१७ सार्वजनिक गरेको हो । जसमा नेपाल पुछारबाट ३६औं स्थानमा छ । यस सूचकांकमा नेपाल दक्षिण एसियामै दोस्रो कमजोर मुलुक हो ।नेपाल यो सूचीमा सन् २०१४ मा ८४औं स्थानमा थियो । त्यस्तै, सन् २०१५ मा ५७औं स्थानमा थियो । यो मामलामा भुटान सबैभन्दा कमजोर मुलुकका रूपमा देखिएको छ । भुटान १३३ देशहरूको सूचीमा १३३औं स्थानमा छ । इन्डेक्समा मालदिभ्स भने समावेश छैन ।आणविक शक्ति सम्पन्न दक्षिण एसियाको अर्को मुलुक पाकिस्तान सूचीको १३औं स्थानमा छ । त्यस्तै, बंगलादेश ५७औं स्थानमा छ । अफगानिस्तान ६९औं स्थानमा रहँदा श्रीलंका ८४औं स्थानमा छ, राजधानी दैनिकमा खबर छ ।नेपालसँग २२ वटा एयरक्राफ्ट छन् । यी एयरक्राफ्ट फाइटर र आक्रमणका लागि प्रयोग भने हुँदैनन् । यिनको प्रयोग यातायातको क्षेत्रमा हुँदै आएको छ । एयरक्राफ्टको क्षमताका आधारमा नेपाल ११३औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया