सूर्या लाइफ इन्स्योरेन्सको लिलामी शेयरको आवेदन आजबाट बन्द

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १ सय कित्ता संस्थापक शेयरका लागि आवेदन आजबाट बन्द हुन लागेको छ । सूर्या लाइफको संस्थापक शेयर एनआईसी एशिया बैंकले लिलामीमा राखेको थियो ।

गत असोज २ गतेबाट एनआइसीले सूर्या लाइफले बिक्रीका लागि राखेको हो। त्यस्तै ईच्छुक लगानीकर्ताले असोज ९ गते (आज) सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै एनआईसी एशिया क्यापिटल लिमिटेड लिलामी शेयरको बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
कम्पनीका अनुसार लगानीकर्ताले एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाडौँ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि सोभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीको साधारण शेयर दोस्रो बजारमा अन्तिम पटक असोज ८ गते बिहीबार प्रतिकित्ता ६२३ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल, बबरमहल, र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?