वायु प्रदूषणलाई लिएर कोरोनाबारे वैज्ञानिकले दिए चेतावनी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् भने हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच जाडो याममा वायु प्रदूषणबाट कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

जाडोमा पर्यावरण प्रदूषित बन्ने र जसका कारण कोरोना संक्रमण दर पनि बढ्न सक्ने भन्दै सतर्क रहन वैज्ञानिकले चेतावनी दिएका हुन् ।

कोरोना भाइरस वायु प्रदूषणको बीचमा सम्बन्ध सहि साबित बनिसकेकोले जाडो महिनामा झनै यसको प्रकोप बढ्ने भन्दै विज्ञहरुले चिन्ता व्याक्त गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?