सुशान्तको आत्महत्या नभई घाँटी थिचेर हत्या गरिएको वकीलको दाबी !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । तर उनको हत्या हो वा आत्महत्या भन्ने विषयमा भने अहिलेसम्म अनुसन्धान जारी छ ।

उनको मृत्यु भएको करिव तीन महिना बितिसक्दा समेत यस बारेमा केहि पत्ता लाग्न सकेको छैन ।

अहिले भारतका तीन ठूला अनुसन्धान एजेन्सी मिलेर यसको जाँच गरिरहेका छन् ।

यसैबीच सुशान्तको परिवारका वकील विकास सिंह सुशान्तको न्याय र जाँचमा भईरहेको ढिलाईबाट रुष्ट बनेका छन् । उनले आफूले पाएको तस्वीरमा घाँटी थिचेर मारेको दाबी गरेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?