ओली-प्रचण्डको भेट, मन्त्रिमण्डल पुनर्गठनबारे के हुँदैछ कुरा ?

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको छलफल सकारात्मक देखिएको छ ।

बिहीवार प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको तीन घण्टा लामो छलफलले उक्त कुराको निर्क्योल गरेको हो । भने त्यसैको निरन्तरता स्वरुप आज पनि बैठक बसी थप विषयहरुमा छलफल हुने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दुवै अध्यक्ष मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएपनि नामबारे कुनै विषयमा छलफल नभएको र संभवत आज हुन सक्ने पनि बताइएको छ ।

गत मंगलवार बसेको नेकपा सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्ने गरी गृहकार्य गर्नेगरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो । त्यसै अनुसार अध्यक्षद्वयबीच छलफल भएको हो ।

त्यस्तै अध्यक्षद्वयको बैठकले सबै मन्त्री फेर्ने वा दुई वर्ष पुरा भएकालाई हटाउने र बाँकी राख्ने तथा राम्रा काम गरेकालाई राख्दै अन्यलाई फेरवदल गर्ने भन्ने विकल्पमा छलफल भएपनि निर्णय भैनसकेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?