काठमाडौं । आईपीएलको १३ औँ सीजनको सातौँ म्याचमा आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्द्धा हुँदैछ ।
चेन्नईको यो सीजनमा तेश्रो म्याच हो भने दिल्लीको यो सीजनमा दोश्रो म्याच हो पहिलो म्याचमा दिल्लीले किंग्स इलेभन पञ्जावलाई पराजित गरेको थियो ।
त्यस्तै चेन्नईले भने पहिलो म्याचमा मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।
दिल्ली विरुद्धका पछिल्ला ५ खेलमा चेन्नईले ४ म्याचमा जित निकालेको छ । पछिल्लो खेलमा राजस्थानविरुद्ध ७ औँ नम्बरमा ब्याटिङ गर्न गएका धोनीमाथि विभिन्न प्रश्नहरु उठेका थिए ।
उनले राजस्थानसँगको खेलमा स्याम केरन र रविन्द्र जडेजालाई पठाएका थिए । त्यसपछि धोनीले आलोचना झेल्नुपरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया