सुनको मूल्य बढ्यो कि घट्यो ? हेर्नुहोस्

काठमाडौं । बिहीवारको तुलनामा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९३ हजार १ सय रहेको थियो भने आज तोलामा ७ सयले बृद्धि भइ प्रतितोला सुन ९३ हजार ९ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९३ हजार ४ सय कायम भइरहेको छ ।

महासंघका अनुसार प्रतितोला चाँदीको मूल्य १ हजार १ सय ६० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?