अस्ट्रेलियाको टापुमा अलपत्र ३८० वटा ह्वेलको मृत्यु, जोगाउन नसकिनेलाई मारिने

काठमाडौं । अस्ट्रेलियाको तास्मानिया द्वीपमा अलपत्र परेका झण्डै ३८० वटा ह्वेल मृतावस्तामा भेटिएको अधिकारीहरूले बताएका छन्। यो अस्ट्रेलियामा अलपत्र परेका ह्वेलहरूको सर्वाधिक संख्या हुनसक्ने जनाइएको छ।

सोमवारदेखि उक्त द्वीपको पश्चिमी तटमा सयौँको सङ्ख्यामा पाइलट ह्वेल कम पानी भएको स्थान नजिक अड्किएका छन्।

बुधवारसम्म उद्धारकर्ताहरूले ७० वटा ह्वेलको ज्यान बचाउन सफल भएका छन् भने थप २० लाई पुनः समुद्रमा फर्काउन सकिने आशा गरेका छन्।

तास्मानियाका अधिकारीहरूले प्राणी जीवित रहेसम्म उद्धार कार्य जारी रहने बताएका छन्।

तर अधिकारीहरूले धेरै गलिसकेका चारवटा ह्वेलको जीवनरक्षा गर्न नसकिने भएकाले सुखपूर्वक मारिदिने योजना बनाएका छन्।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?