काठमाडौं । इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
एसी मिलानले बिहीबार स्ट्राइकर इब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण भएको पुष्टि गरेको हो । युरोपा लिग छनोट अन्तर्गत नर्वेको क्लब बोडोविरुद्धको खेल अघि गरिएको परिक्षणमा इब्राहिमोविचलाई संक्रमण पुष्टि भएको हो ।
तेस्रो चरणको छनोट अन्तर्गत मिलानले घरेलु मैदानमा आज राति नर्वेको क्लबसँग खेल्दैछ । टिमका अन्य खेलाडी र स्टाफलाई भने कोरोना नदेखिएको मिलानले जनाएको छ ।
इब्राहिमोविच घरमै सेल्फ आइसोलेसनमा रहेका मिलानले जानकारी दिएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया