कोरोना कहर : भारतमा बिहीवार एकैपटक थपिए ८५ हजार भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ८७ हजार ६९१ जनाको मृत्यु भएको छ भने ३ करोड २४ लाख ७ हजार ८९२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ३९ लाख २४ हजार ३६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६३ हजार ३३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण ९२ हजार ३१७ जनाको मृत्यु भएको छ भने ५८ लाख १६ हजार १०३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४७ लाख ५२ हजार ९९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४० हजार ३५८ जना उपचाररत छन् ।

त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्इ अवस्था ग्म्भीर रहेको छ । भारतमा बिहीवार ८५ हजार ९१९ जना संक्रमित थपिएका छन् भने १ हजार १४४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?