२१ जेष्ठ २०८०, आईतवार

केन्द्रीय नेताका गाउँमा अरूकै रजाइँ, क- क-कसलाई तनाव ?

२०७४,आश्विन,१०,मंगलवार ०१:४६

0
Shares

वीरगन्ज, १० असोज-पर्सामा केन्द्रीयस्तरका नेता रहेका पार्टी आफ्नै वडा र स्थानीय तहमा पराजित भएका छन् । ती वडा र स्थानीय तहमा अरू पार्टीका नेताले कब्जा जमाएका छन् ।राजपाका केन्द्रीय उपाध्यक्ष लक्ष्मणलाल कर्णको गृह वडामा फोरम नेपालका मनोजकुमार कलवार विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी पनि नेपाली कांग्रेसका जवाहर गुप्ता बनेका छन् । यसबाट स्थानीय तहमा नेता कर्ण कमजोर बन्दै गइरहेको स्थानीयको भनाइ छ, राजधानी दैनिकमा खबर छ ।यसैगरी पर्साबाट राष्ट्रियस्तरको उचाइ बनाएका अर्का नेता संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दीको गाउँ जगरनाथपुर गाउँपालिकामा माओवादी केन्द्रका जालिम मियाले अध्यक्षको पद आफ्नो पोल्टामा पारे ।राजपाका केन्द्रीय सदस्य एवं सभासद् रमेश पटेलको गाउँमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार वडाध्यक्षमा विजयी भए । यो मधेस आन्दोलनको केन्द्रबिन्दु रहेको वीरगन्ज महानगरपालिकाको वडा–२५ जहाँ संघीय समाजवादी फोरम नेपालका वडा अध्यक्ष विसराज राउत कुर्मी विजयी भए ।उनले ६ सय ६३ मत प्राप्त गरेकोे पर्साका प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले घोषणा गरेका थिए । यो वडा नेपाल लोकतान्त्रिक फोरमको कोषाध्यक्ष एवं सभासद् आशा चतुर्वेदीको वडा समेत हो । यो वडामा नातामा चतुर्वेदीका भतिजा पर्ने फोरम लोकतान्त्रिकका आशुतोष चतुर्वेदीले ५ सय ७० मत प्राप्त गरेको निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ ।उता पर्साबाट केन्द्रीयस्तरमा नेतृत्व गर्ने नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, रमेश रिजाल, अजय चौरसिया, राजपाका महामन्त्रीसमेत रहेका शिव पटेल, सहमहामन्त्री निजामुद्दिन समानी, एमालेका पोलिट ब्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य रामचन्द्र कुशवाहालगायतका नेताको आफ्नै क्षेत्रमा भने अरूले नै पकड जमाएको स्थानीयले बताएका छन् । ‘केन्द्रमा गएर राजनीति हाँक्ने नेताहरू आफ्नै ठाउँका जनताको भावना भने समेट्न सक्दैनन्,’ स्थानीय प्रदीप यादवले भने, ‘यी नेताको राजनीतिक धरातलको वास्तविकता हो ।केन्द्रीयस्तरका ठूला नेता माधव नेपाल, विमलेन्द्र निधिलगायत मुलुक हाकिरहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृह वडा र गाउँमा पनि यो भन्दा फरक अवस्था नभएको स्थानीय बुद्धिजीवी अनिल तिवारीले बताए । नेपालको राजनीतिमा रहने नेताहरूको राजनीतिक सिद्धान्त र नीतिमा खडेरी पर्दै गालीगलौजको राजनीति संस्कारले यो अवस्थाबाट धेरै उच्च तहका नेता बच्न नसकेको उनको तर्क छ । पर्साका अन्य बुद्धिजीवी पनि यसमा सहमत छन् ।राजनीति संस्कारभन्दा पैसामुखी संस्कार र शक्तिको दुरुपयोगले नेताहरूको वास्तविक जग नै कमजोर भएको उनीहरूको तर्क छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार ०१:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१