प्रविन बेडवालको स्वरमा अर्जुनको संगीत : नबोली नबोली सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल–३ का फस्ट रनरअप प्रविन बेडवाल र समिक्षा अधिकारीको स्वरमा “नबोली नबोली” बोलको गीत आज सार्वजनिक भएको छ ।

सफल संगितकार अर्जुन पोखरेलको संगित तथा कम्पोज अनि शब्दमा सजिएको गीतमा युवा पुस्ताको माया प्रेमको अवस्था चित्रित गरिएको छ ।

आज गीत सार्वजनिक भएपछि गायक बेडवालले दर्शक श्रोताहरुको मायालाई सम्मान गर्दै आफूले राम्रो प्रयास गरेको प्रतिक्रिया दिएका छन् । गीतको म्युजिक भिडियो पनि कथासहित उत्कृष्ट बनाइएको छ ।

“यो गीतमा तपाईहरुको यथार्थता पनि जोडिएको हुन सक्छ । मैले मेरो क्षमताले भ्याएसम्म उत्कृष्ट स्वर भरेको छु । आजको दिनसम्म यहाँहरुले मलाई दिएको माया अनि साथको नतिजा पनि हो यो ।” प्रविनले भने ।

प्रविनले यसअघि स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको ‘उनको प्रीति पहिले हो कि’ बोलको गीत ल्याएको थिए । जसलाई श्रोताहरुले अत्याधिक मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?