थप ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

ललितपुरका दुई र भक्तपुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत कोरोना संक्रमित ७० वर्षीया महिला, ललितपुरकै ७२ वर्षीया, भक्तपुरका ७३ वर्षीया कोरोना संक्रमित पुरुषको मेघा अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट : 


स्वास्थ्य मन्त्रालयले आज दिउँसो प्रेस ब्रिफिङमा जानकारी दिँदै हिजो ४ बजेबाट आज ४ बजेसम्मको अपडेट गराउँदै कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट थप १७ जनाको मृत्यु भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ जना महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङका ५५ वर्षिया, सुनसरीका ८१ वर्षिया, धादिङका ३२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षिया महिला र ८४ वर्षिय पुरुष, काठमाडौंमा ८२ वर्षिया महिला र ७५, ७९ र ८० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षिय, धनुषामा ६८ र ७० वर्षिय, रौतहटमा ६५ वर्षिय, तनहुँमा ३९ वर्षिय, दाङमा ३९ वर्षिय, कपिलवस्तुमा ५० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

बितेको २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा  ५ सय १३ जना महिला र  ९ सय ८४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ ।

यस्तै चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभरी सक्रिय संक्रमित Active case को संख्या १८ हजार ४ सय ३७ रहेको छ ।

संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ७, प्रदेश नम्बर २ मा ९ सय ८४, बाग्मती प्रदेशमा ५ हजा ३ सय ९ र गण्डकी प्रदेशमा ६ सय ३० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ४२, कर्णाली प्रदेशमा २ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ४ सय ६१ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना संक्रमित रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७७, प्रदेश नम्बर २ मा ६ सय ४३, बाग्मती प्रदेशमा ५ हजार ५ सय ३६ र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८६, कर्णाली प्रदेशमा २ सय ३३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ९ हजार ८ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

हाल आइसियुमा २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन् ।

आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बाग्मती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८  जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा २ हजा ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमणमुक्त भएका छन्।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५६५ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

हिजो (बुधवार) नेपालमा १ हजार १७२ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ८२३ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?