नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्वारा सञ्चालित बर पिपल पानी उद्योग सील गरिएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले न्यूनतम पूर्वाधारबिना उद्योग सञ्चालनमा ल्याएको र यस अघिको पानी परीक्षणका क्रममा खानयोग्य नदेखिएकाले उद्योग सील गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले जानकारी दिए।
यस अघि सो उद्योगलाई पूर्वाधार उपयुक्त नरहेको भन्दै सुधारका लागि निर्देशन दिइएको भए पनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाइएकाले उद्योग सिल गरिएको जनाइएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नाप तौल विभागको टोली, कोहलपुर नगरपालिकाका प्रतिनिधि र प्रहरीको सहभागिता रहेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया