१३ आश्विन २०८०, शनिवार

बन्लान् त गगन थापा मुख्यमन्त्री ?

२०७४,आश्विन,१०,मंगलवार ०१:३६

0
Shares

काठमाडौं, १० असोज कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको सदुपयोग गर्दै प्रदेश नम्बर ३ का कांग्रेस नेतासँग संवाद सुरु गरिसकेका छन् ।गगनले सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का नेता-कार्यकर्तासँग आफू प्रदेशसभा निर्वाचनमा आउन लागेको जनाउ दिँदै सहयोगका लागि अपिल पनि गर्न भ्याए ।कमलादीस्थित प्रज्ञा भवनमा आयोजित भेलामा गगनले आसन्न प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेशको नेतृत्व गरेर आफू चुनावी मैदानमा उत्रन लागेको खुलाए । दसैं शुभकामना आदानप्रदानको नाममा गगनको यो सक्रियतालाई कांग्रेसी नेता-कार्यकर्ताले ३ नम्बर प्रदेशका लागि निर्वाचन अभियान सुरु गरेको अर्थका रूपमा लिएका छन् । गगनलाई कांग्रेसभित्र ३ नम्बर प्रदेशको सम्भावित मुख्यमन्त्री दावेदारका रूपमा हेरिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।उनले पार्टी नेतृत्वसमक्ष आफूलाई मुख्मन्त्रीका रूपमा अघि सारिए प्रदेशसभा निर्वाचनमा आउन तयार रहेको जनाउसमेत दिइसकेका छन् । गगन दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । ३ नम्बर प्रदेशलाई एमालेको राम्रो पकड क्षेत्र मानिन्छ ।कांग्रेसले युवामाझ लोकप्रिय गगनलाई प्रदेशसभा निर्वाचनमा उतार्ने रणनीति बनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार ०१:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०