काठमाडौं । ड्रग्स केसमा नाम जाडिएकी बलिउड अभिनेत्री दीपिका पादुकोण बलिउडकी ए लिस्टकी एक्ट्रेस हुन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतमा ड्रग्स एंगलको जाँच गरिरहेको एनसीबी उनको नाम पनि ड्रग्स केसमा जोडिएको बताएपछि उनी गोवाबाट मुम्बई जाँदैछिन् ।
उनीसँग २५ सेप्टेम्बरमा सोधपुछ हुनेछ । उनी घर फर्किन लागेपछि उनको घर बाहिर सुरक्षा कडा बनाइएको छ । उनको ड्रग्स च्याट समेत बाहिरिएको थियो ।
उनले माछ र ? भन्दै सोधेको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी ट्रोल बनेकी थिइन् ।
ड्रग्स केसमा दीपिकासहित सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत र दीया मिर्जाहरुको समेत नाम जोडिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया