बलिउडलाई अर्को झट्का : कमेडियन रकलाइन सुधाकरको निधन

काठमाडौं । चर्चित कमेडियन रकलाइन सुधाकरको निधन भएको छ ।

कार्डिएक अरेस्टका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बेंग्लुरुको बन्नेरुघट्टामा आफ्नो कन्नड फिल्म सुगरलेसको सेटमा मेकअप आर्टिस्टसँग शटको तयराी गरिरहेका उनको निधन भएकोहो ।

अचानक बेहोस भएका उनको अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषित गरेका थिए । तीन महिना अगाडि कोरोना संक्रमण पुष्टि भएक उनको अचानक मृत्यु भएको हो ।

उनले सन् १९९२ मा फिल्म बेली मोदगालूबाट चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?