बहराइनस्थित नेपाली दूतावासले स्वदेश फर्किनेहरुको विवरण पुन: संकलन गर्दै

काठमाडौं- विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरस ‘कोभिड – १९’ को कारण बहराइनमा समस्यामा परेका नेपालीहरुको पुनः तथ्यांक संकलन कार्य सुरु गरिएको छ ।

बहराइनस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै पुनः तथ्यांक संकलन सुरु गरेको जानकारी दिएको हो ।

दूताबासका अनुसार कोभिड – १९ को कारणले लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका महिलाहरूको प्राथमिकिकरण गरी बहराइनबाट हालसम्म एक हजार २७५ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।अघिलला पटक अप्ठेरोमा परेरपनि छुटेकाहरुलाई यसपटक समेटिने गरी योजना बनाएको दूताबासले जनाएको छ ।

यो सूचना पढ्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?