डाक्टरले विष खाएर गरे आत्महत्या : २ छोरीलाई लिएर पानी ट्यांकीमा हाम फलिन् आमा !

काठमाडौं । भारतको हरियाणाको रोहतकमा एक डाक्टरले विष खाएर आत्महत्या गरेपछि डाक्टरकी श्रीमतीले दुई छोरीसहित वाटर ट्यांकमा हाम फालेकी छन् ।

जसका कारण आमा र सानी छोरीको मृत्यु भएको छ । जेठी छोरी भने ट्यांकबाट पौडिएर बाहिर निस्किएकी छन् ।

घटनास्थल पर पहुंची पुलिस टीम जांच करते हुए।

पुलिसका अनुसार डाक्टर प्रमोद सहारण रोहतकको हेल्थ यूनिभर्सिटीमा नर्सिंग कलेजमा प्रोफेसर थिए ।

उनले बुधवार साँझ ६ बजे कन्हेली गाउँमा बिष खाएर आत्महत्या गरेका थिए ।

त्यसपछि उनको आत्महत्याको खबर आएपछि उनकी श्रीमतीले दुई छोरीसहित पानी ट्यांकीमा हाम फालेकी भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?