भदौ महिनामा मात्रै १६५ वटा लैङ्गिक हिंसा, यस्ता छन् घटनाका प्रकृति (तथ्यांकसहित)

काठमाडौं । महिला पुनर्वास केन्द्र (ओरेक) नेपालले भदौ महिनामा भएका महिला तथा बालबालिका सम्बन्धि घटनाहरुको अभिलेख सार्वजनिक गरेको छ ।

ओरेकका अनुसार भदौमा मात्र १६५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको घटना भएको छ ।

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई हेर्दा भदौ महिनामा ८९ वटा (५४ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ ।

यसैगरी ४२ वटा (२५ प्रतिशत) बलात्कारको तथ्यांक संकलन भएको छ जसमध्ये ३२ वटा बलात्कार र १० वटा सामुहिक बलात्कारको घटना भएका छन् । त्यसैगरी १६ वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ६ वटा (४ प्रतिशत) हत्याको घटना, ४ वटा (२ प्रतिशत) यौन दुर्व्यवहारको घटना भएको पाइएको ओरेकले जनाएको छ । यसैगरि ४ वटा (२ प्रतिशत) मानव बेचविखन जस्तो जघन्य अपराधको घटना भएको छ भने २ वटा (१ प्रतिशत) हत्या प्रयास, १ वटा (१ प्रतिशत) आत्महत्याको घटना र १ जना किशोरीमाथि विद्युतिय माध्यमबाट फेक आइडी बनाई मानसिक हिंसा भएकोे तथ्याँक संकलन भएको छ ।

जसमध्ये सबैभन्दा बढी महिला हिंसा श्रीमानबाट भएको ओरेकले सार्वजनिक तथ्यांकले देखाएको छ ।

ओरेकका अनुसार ७१ वटा (४३ प्रतिशत) हिंसा श्रीमान्बाट भएको छ, भने ३८ वटा (२३ प्रतिशत) परिवारका सदस्यवाट भएको छ, २१ वटा (१३ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको तथ्यांकमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/09/mahila-himsa.pdf” title=”mahila himsa”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?