आईपीएलमा रोहित शर्माले बनाए नयाँ रेकर्ड !

काठमाडौं । मुम्बई इण्डियनका कप्तान रोहित शर्मा आईपीएलमा कुनै पनि टीमविरुद्ध सबैभन्दा धेरै रन बनाउने खेलाडि बनेका छन् ।

रोहितले बुधवार आबुधाबीमा भएको कोलकता नाइट राइडर्सविरुद्धको खेलमा ५४ बलमा ८० रन बनाएका थिए । उनले कलकता नाइट राइडर्सविरुद्धका २६ म्याचमा ९०४ रन बनाएका छन् ।

सनराइजर्स हैदराबादका डेभिड वार्नर दोश्रो स्थानमा र विराट कोहोली यो रेकर्डको तेश्रो नम्बरमा रहेका छन् । डेभिडले कोलकता नाइट राइडर्सविरुद्ध २१ म्याचमा ८२९ रन बनाएका छन् ।

त्यस्तै कोहोलीले दिल्ली क्यापिटल्सविरुद्ध ८२५ रन बनाएका छन् । रोशित शर्माले आईपीएलमा अहिलेसम्म २०० छक्का प्रहार गर्ने दोश्रो र ओभरल चौथो खेलाडी रहेका छन् ।

क्रिस गेल ३२६ छक्काका साथ टपमा छन् भने एबी डिभिलियर्स ३१४ सहित दोश्रो नम्बरमा छन् । महेन्द्र सिंह धोनीले २१२ वटा छक्का प्रहार गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?