काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर महिनामा हुने राष्ट्रपति चुनावमा हारेमा शान्तिपूर्ण तरिकाले सत्ता नछोड्ने बताएका छन् ।

ह्वाईट हाउसमा बुधवार एक न्यूज प्रेस कन्फ्रेन्समा उनले हामलिे अगाडि के हुन्छ त्यसलाई पर्खिनु पर्ने बताएका छन् ।

उनले आफूलाई पोस्टल भोटिङमाथि सन्देह रहेको बताउँदै यसको नतिजा सर्वोच्च अदालतसम्म पुग्ने बताएका छन् ।
उनलाई पत्रकारले यदि चुनावमा हारेमा के शान्तिपूर्ण तरिकाले सत्ता छोड्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । जसमा ट्रम्पले सहजै सत्ता हस्तान्तरण नगर्ने बताएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया