काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको निधन भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा अहिलेसम्म उपलब्धि हात लाग्न सकेको छैन ।
गत वर्षको डिसेम्बर अन्त्मि साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
यसैबीच ह्यूस्टनका वैज्ञानिककले बुधवार कोरोना भाइरसका ५ हजार जेनेटिक सीक्वेन्समाथि गरेको अध्ययन सार्वजनिक गरेका छन् ।
यस अध्ययबाट भाइरस म्यूटेशनबाट लगातार रुप परिवर्तन भईरहेको र खतरनाक बनिरहेको पत्ता लागेको छ । वैज्ञानिकले कोरोना भाइरुस म्यूटेशन यस्ता संक्रमितमा पाएको छ, जसमा उच्च भाइरल लोड छ ।
यो अध्ययन बुधवार प्रीपिन्ट सर्भर मेडरिक्सभमा सार्वजनिक भएको थियो । यसलाई अमेरिकामा भाइरसको जेनेटिक सिक्वेन्सको अहिलेसम्मकै सबैभन्दा ठूलो स्याम्पल मानिएको छ ।
यो भन्दा अगाडि ग्रेट ब्रिटेनमा यो भन्दा ठूलो जेनेटिक सीक्वेन्स प्रकाशित गरिएको थियो ।भाइरसले जसरी स्पाइक प्रोटीनको संरचना सतहमा बदल्छ, यो भाइरस तब झनै धेरै फैलिन्छ ।
कोरोना भाइरसको दोश्रो लहरमा १००० केसमा ९९ प्रीतशतमा भाइरस डी६१४जी म्यूटेशन पाइएको थियो । यसले भाइरसमाथिको चिन्ता झनै बढेको वैज्ञानिकले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया