बलिउडमा ड्रग्सको जालो : दीपिकासहित ५० जना सेलेब्रेटीको नाम बाहिरियो

काठमाडौं । सुशान्त सिंह राजपूत सुसाइड केसमा ड्रग्स केसको अनुसन्धान गरिरहेको एनसीबीले एक पछि अर्को खुलासा गर्दै गएको छ ।

यस केसमा बलिउड अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत, दीया मिर्जासहित ५० बलिउड कलाकारको नाम बाहिरिएको छ ।

अभिनेत्री रिया चत्रलवर्ती र केहि ड्रग्स कारोवारस्सँगको सोधपुछमा यो पत्ता लागेको हो । धर्माका डाइरेक्टर क्षितिज प्रसादपनि ड्रग्स केसमा फसेका छन् ।

उनलाई शुक्रवार ११ बजे उपस्थित हुन एनसीबीले आदेश दिएको छ ।

यो केसमा अहिलेसम्म दीपिका पादुकोण, सिमोन खम्भान्ता, राकुल प्रीत, जया साह, करिश्मा प्रकाश, सारा अली खान, रिया चक्रवर्ती, श्रद्धा कपूरको नाम जोडिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?