बालुवाटारमा ओली-प्रचण्डबीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

आजको भेट्घाटमा अध्यक्षद्वयले सचिवालय बैठकमा पेश भएर छलफल हुन बाँकी कार्यसुचीका बारेमा छलफल गर्ने बुझिएको छ ।

यसअघि मंगलवार सचिवालय बैठक बसि विभिन्न निर्णयहरु गरेको थियो । ती विषयहरुमा पुन छलफल गरी पुन सचिवालयमा छलफल गर्न लागिएको स्रोतले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?