विवाह भएको १४ दिनमै अभिनेत्री पुनम पाण्डेले गरिन् डिभोर्सको निर्णय

काठमाडौं । बलिउड अभिनेत्री पुनम पाण्डेले विवाह भएको १४ दिनमै सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेकी छन् । १० सेप्टेम्बरमा उनले गोप्यरुपमा श्याम बम्बेसँग विवाह गरेकी थिइन् ।

विवाहको १४ दिन नबित्दै पुनमले बम्बेले शारीरिक उत्पीडन देखि धम्की दिएका भन्दै पुलिसमा केस दर्ता गराएकी थिइन् । त्यसपछि बम्बेलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

उनी धरौटीमा रिहा भईसकेका छन् । उनी २० हजार धरौटीमा रिहा भएका हुन् । पुनमले भने श्यामसँग बहस हुँदाहुँदै उनले पिट्न थालको आरोप लगाएकी छन् ।

उनले आफ्नो अनुहारमा मुक्का प्रहार गरेको र चक्कु प्रहार गरेको उनले बताएकी छन् । पुनमले अब आफू सम्बन्ध बिच्छेद गर्न चाहेको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?