‘प्लेयर अफ दि इयर’ अवार्डको मनोनयन सार्वजनिक, अटाएनन् रोनाल्डो र मेस्सी !

काठमाडौं । यूईएफए ‘प्लेयर अफ दि इयर’ अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन् । मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र मानुएल नुएर रहेका छन् ।

यूईएफएले सार्वजनिक गरेको मनोनयनमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो अटाएका छैनन् । महिलाको प्लेयर अफ दि इयर अवार्डका लागि ओलम्पिक लुसी ब्रोन्ज, पेर्निल हार्डेर र वेन्डी रिनार्ड परेकी छिन् ।

कोच अफ दि इयर अवार्डका लागि पुरुषतर्फ बायर्नका हान्स डीटर, लिभरपुलका योर्गेन क्लोप र लाइपजिगका जुलियन मनोनयनमा परेका छन् । महिलातर्फ बार्सिलोनाका लुइस कोर्टिस, उल्फवर्गका स्टेपहान लेर्च र ओलम्पिक लियोनेसका जिन लुक मनोनयनमा परेका छन् ।

अवार्ड आगामी अक्टोबर १ मा प्रदान गरिनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?