स्याङ्जा पहिरो अपडेट : एकै परिवारका ९ जनाको मृत्यु, एकको जीवितै उद्धार

काठमाडौं । बिहीवार बिहान स्याङ्जाको वालिङमा गएको पहिरोमा परेर एकै परिवारका ९ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका १४ तमादीका एकै परिवारका ९ जनाको मृत्यु भएको हो ।

त्यस्तै कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परि अन्य १ जनाको निधन भएको छ । बिहीवार बिहान स्याङ्जामा मात्रै अहिलेसम्म १० जनाको मृत्यु भएको हो ।

वालिङ १४ तमागीका एकै परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको हो । त्यस्तै अन्य एक जनाको जीवितै उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?