काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन १२ सयले घटेको हो । मंगलबार १७ सयले घटेको सुन बुधवार पनि १२ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा ४ हजार १ सयले कमी हो ।
यस्तै आज तेजावी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने आज प्रतितोला ७० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१२० रुपैयाँमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया