नेपाललाई भूकम्प पछिको पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ५४ करोड रुपैयाँ सहयोग

काठमाडौं । नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारत सरकारले १ अर्ब ५४ करोड रुपैयाँ सहयोग गरेको छ ।

बिहीवार भारतीय भारतीय राजदूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई १ अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप १ अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

Image

यसअघि भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ ।

यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?