हुम्लाको सीमास्तम्भ अनुगमन गर्न गएको टोली अझै सम्पर्कविहीन

काठमाडौं । नेपाल चीनको सीमावर्ती क्षेत्र हुम्लाको लाप्चा क्षेत्रमा हराएको भनिए ११ नम्बर पिल्लर फेला परेको छ।

सीमास्तम्भ फेला परेपनि लोलुङचोङ क्षेत्र नेपाल या चीन सिमानामा पर्छ भन्ने बारे यकिन भइनसकेको बताइएको छ ।

नेपाली सिमानामा चीनले भवनहरु बनाएको जानकारी पछि हुम्लाको सुरक्षाकर्मीको टोली सिमास्तम्भ अनुगमनमा गएको थियो । तर अहिलेसम्म प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोली फर्किनसकेको बताइएको छ ।

अनुगमन टोली फर्किएपछि मात्रै थप अध्ययन प्रतिवेदन तयार पार्ने र सोही अनुसार थप अध्ययन गरेर लोलुङ्चोङ क्षेत्रको यकिन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?