काठमाडौं । कोरोना भाइरसबाट अति प्रताडित देशको दोश्रो नम्बरमा रहेको भारतमा कोरोनाको केस बढ्दै गईरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नीति आयोगका सदस्य डाक्टर वी के पलले यदि सावधानी नअपनाए भारतमा ८५ प्रतिशत जनसंख्या अर्थात् १ अर्ब मानिसलाई कोरोनाको संक्रमण हुने चेतावनी दिएका छन् ।

मानिसले मास्क, सोसल डिस्टेन्सिङ जस्ता नियमको पालना नगरे कोरोनाको संक्रमण भारतमा ८० देखि ८५ प्रतिशत जनसंख्यामा फैलिन सक्ने उनले बताए ।

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म ९१ हजार १७३ जनाको मृत्यु भएको छ भने ५७ लाख ३२ हजार ५१८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ ४६ लाख ७४ हजार ९८७ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ६६ हजार ३५८ जनाको उपचार भईरहेको छ ।त्यहाँ ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया