भेटियो हुम्लाको सीमामा हराएको भनिएको ११ नम्बर पिल्लर

काठमाडौं । नेपाल चीनको सीमावर्ती क्षेत्र हुम्लाको लाप्चा क्षेत्रमा हराएको भनिए ११ नम्बर पिल्लर फेला परेको छ।

प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको माथि ताकु लेकमा पिल्लर भेट्टाएका हुन् ।

२०१९ सालमा गाडिएको उक्त पिल्लर रहेको ठाउँ समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा रहेको छ। २०६४ सालदेखि हराएको पिल्लर सशस्त्रले खोजिरहे पनि भेटाएको फेला पार्न सकेको थिएन ।

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको खबर सार्वजनिक भएपछि उक्त भूमिको निर्क्यौल गर्न नेपाली पक्ष लागि परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?