काठमाडौं । स्याङ्जाका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । त्यस्तै अर्का एक जनालाई जीवितै उद्धार गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ स्थित तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन रहेको बताइएको छ । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको हो ।
त्यस्तै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया