दक्षिण कोरियामा बढ्न थाले कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म ९ लाख ८१ हजार ९२१ ज्नाको मृत्यु भएको छ भने ३ करोड २० लाख ९० हजार १४२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड ३६ लाख ७४ हजार ४३ जना संक्रमण मुक्त भएका छन् भने ६२ हजार ३७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसका कारण दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ भने १२५ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म ३९३ जनाको मृत्यु भएको छ भने २३ हजार ३४१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यहाँ २० हजार ८३२ जना संक्रमण मुक्त भएका छन् भने २ हजार ११६जनाको उपचार भईरहेको छ ।त्यहाँ १२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?