काठमाडौं जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या १५ हजार बढी, उपत्यकामा कति ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ भने ६७ हजार ८०४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४९ हजार ९५४ जना संक्रमण मुक्त भएका छन् भने १७ हजार ४१४ जना उपचाररत छन् ।

यसैबीच काठमाडौं जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर गरि अहिलेसम्म १८ हजार ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?