काठमाडौं । युएईको आबुधाबीस्थित शेख जायद स्टेडियममा भएको मुम्बई इण्डियन्स र कलकता नाइट राइडर्सविरुद्धको खेलमा मुम्बईले पहिलो जित निकालेको छ ।
मुम्बईका कप्तान रोहित शर्माको बिस्फोटक ब्याटिङमा कलकता ४९ रनले पराजित भएको हो ।
निर्धारित २० ओभरमा १९५ रन बनाएको मुम्बईले कलकतालाई १९६ रनको विजयी लक्ष्य प्रश्तुत गरेको थियो । जसमा कलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १४६ रन बनाउन सक्यो ।
म्यान अफ दि म्याच बनेका कप्तान रोहित शर्माले ३९ बलमै अर्धशतक प्रहार गरेका थिए । उनले जम्मा ५४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ८० रन बनाएका थिए । युएईमा मुम्बईको यो पहिलो जित हो ।
यो भन्दा पहिला सन् २०१४ मा भएको आईपीएलमा मुम्बईले खेलेका ५ वटै म्याचमा पराजित बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया