कोरोनाबाट थप एक युवकको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमणका कारण एक युवाको मृत्यु भएको छ ।

तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार उनको बुधवार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?