सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ । सुरज गैह्रे विवशको शब्द रहेको उक्त गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्ट (आरजे)को स्वर रहेको छ । गीतमा भट्टकै सङ्गीत छ ।

उक्त गीतमा प्रेमीप्रेमिकाबीच उत्पन्न हुने शङ्काका विषयमा चर्चा गरिएको छ । गीतको म्युजिक भिडियोमा नायक तथा मोडेल पल शाह, नायिका वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । यसको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायत गीत चर्चामा छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?